वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिपः स्प्रीन्ट विधामा नेपाल पाँचौ

0

अष्ट्रेलियामा जारीे १८औं वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिपको स्प्रीन्ट विधामा नेपाल पाँचौ भएको छ।

च्याम्पियनसिपको पहिलो दिन भएको स्प्रीन्टमा पुरुष खुलातर्फ नेपाली टोलीले पाँचौ स्थान हात पारेको हो। यस विधामा ब्राजिलले पहिलो हुँदा जापान दोस्रो र रुस तेस्रो भएको छ।

ब्राजिलले २४२.५२ सेकेण्ड समय लगाएकाे थियाे । त्यस्तै जापान २४३.४९ सेकेण्डसहित दाेस्राे र रसिया २४३.९९ सेकेण्ड समयसहित तेस्राे भयाे ।२४६.६७ सेकेण्ड सहित न्युजिल्याण्ड चाैथाे भएकाे छ।

क्वीन्सल्यान्डस्थित टुली नदीमा निर्धारित दुरी नेपाली टोलीले २४७.७८ सेकेन्डमा पूरा गर्याे। विश्व र्‍याफ्टिङको स्प्रीन्टमा नेपालको यो अहिले सम्मकै उत्कृष्ट नतिजा हो ।

नेपाली टोलीमा शक्तिकुमार गुरुङ, पदम बहादुर गुरुङ, दीपेश गुरुङ, सविन गुरुङ र रविल मियाँ छन् भने कप्तानमा सुरज गुरुङ छन् ।

 

Post Add 1025X115
Loading...