२ वर्ष अघिका नम्बर १ बलर विश्वकप भने टिभीमा हेर्न बाध्य

0

काठमाडौं, २ जेठ ।  अस्ट्रेलियाका तिव्र गतिका बलर जोश हेजलवुडले आसन्न विश्वकपमा टिममा स्थानमा बनाउन सकेनन् । जसका कारण उनी निकै दुःखी छन् । ३० मे बाट शुरुहुने विश्वकमा १ जुनमा अस्ट्रेलियाले पहिलो खेलमा अफगानिस्तानसँग खेल्ने छ ।

जोश हेजलवुड चार वर्ष पहिले अस्ट्रेलियाले विश्वकप जित्दा महत्वपूर्ण भूमिका निभाएका थिए । विश्वकपमा उनले पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गरे । २०१७ मा एक दिवसीय क्रिकेटको नम्बर एक बलर थिए ।

क्रिकेट डटकम डट एयूले दिएको जानकारी अनुसार हेजलवुडले दुःखीत भएका छन् । ‘उनले चार वर्षमा आउने विश्वकपमा स्थान बनाउन नसक्नु मेरालागि दुःखको कुरा हो ।’ विश्वकप खेल्न नपाए पनि टिभीमा खेल भने हेर्नेछु ।

एक दिवसीय क्रिकेटमा टिम बाहिर पर्दा त्यति दुःख नलागेको बताउने हेजलवुडले विश्वकप जस्तो महत्वपूर्ण प्रतियोगितामा खेल्न नपाउनु भनेको खेलाडीलाई झनै दुखित बनाउने कुरा पनि भएको उनले बताए ।

हेजलवुड गत जनवरीमा घाइते भएपछि चयनकर्ताले उनले विश्वकप अघि कम खेल खेलेको भन्दै छनोट गरेका थिएनन् । उनले अगाडी भने ‘चार महिनासम्म मैले क्रिकेट खेल्न नसक्नु नै विश्वकपमा स्थान बनाउन नसक्नु हो, यसले चयन कर्ताले मलाई छनोट गरेनन्, तर प्रतियोगिताका दौरान कोही खेलाडी घाइते भएमा पक्कै पनि मैले चान्स पाउने छु ।

Post Add 1025X115
Loading...