सारापोभाले फ्रेन्च ओपन नखेल्ने

0

मरिया सारापोभाले फ्रेन्च ओपन नखेल्ने निर्णय गरेकी छिन् । फ्रान्सको पेरिसमा १० दिन प्रतियोगिता शुरु हुँदैछ । पूर्व च्याम्पियन सारापोभा काँधको समस्याका कारण खेल्न नसक्ने भएकी हुन् ।

३२ वर्षे सारापोभाले गत जनवरीदेखि कुनै प्रतियोगिता खेलेकी छैनन् । त्यससवीचमा सारापोभाले सानो शल्यक्रिया समेत गरेकी थियन् ।

पाँच पटककी च्याम्पियन सारापोभाले भनिन्, ‘कहिलेकाहीँ सही निर्णय लिनु पनि निकै असहज हुन्छ ।’

सन् २०१२ र २०१४ को फ्रेन्च ओपन जितेकी सारापोभा गत वर्षको संस्करणमा क्वार्टर फाइनलसम्म पुगेकी थिइन् ।

‘अहिले कोृर्टमा अभ्यास गर्न सक्ने भएकी छु, त्यो सुखद कुरा हो । विस्तारै मेरो काँध पूर्ववत अवस्थामा फर्किँदैछ,’ सारापोभाले भनिन् ।

फ्रेन्च ओपन १० दिनपछि पेरिसमा शुरू हुँदैछ ।

Post Add 1025X115
Loading...