आयाक्सले जित्यो दोहोरो उपाधि

0

डच लिगको उपाधि आयाक्सले जितेको छ । लिग जित्नका लागि अन्तिम खेलमा आयाक्सलाई जम्मा एक अंक आवस्यक थियो । तर, आयाक्सले ग्राफ्स्च्यापमाथि ४–१ को जित निकाल्यो ।

च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुगेको आयाक्सले यो सिजन घरलु प्रतियोगिताको दुई उपाधि जितेको छ । यसले लिग कपको उपाधि पनि जितेको थियो । आयाक्सले सन् २०१४ देखि लिग जित्न सकेको थिएन ।

ग्राफ्स्च्यापको मैदानमा भएको खेलमा लास्से स्कोनेले ३७औं मिनेटमा गोल गर्दै आयाक्सलाई अग्रता दिलाएका थिए । ४०औं मिनेटमा ग्राफ्स्च्यापका एल जेबीले गोल गरेपछि खेल बराबरीमा पुग्यो । त्यसको चार मिनेटपछि आयाक्सका लागि निकोलस टाग्लियाफिकोले गोल गर्दै फेरी आयाक्सलाई अग्रता दिलाए ।

६७औं मिनेटमा आयाक्सले पेनाल्टी पायो । जसलाई डुसान टाडिचले गोलमा परिणत गरे । ८७औं मिनेटमा टाडिचले अर्को गोल गरेपछि आयाक्सले दोस्रो स्थानको पिएसभीलाई पछि पार्दै उपाधि जित्यो ।

Post Add 1025X115
Loading...