इंग्ल्याण्डका कप्तान मोर्गनलाई एक खेल प्रतिबन्ध

0

काठमाडौं, १ जेठ  । पाकिस्तानविरुद्धको चौथो एक दिवसीय क्रिकेटका लागि इंग्ल्याण्डका कप्तान इयोन मोर्गनलाई निलम्बन गरेको छ ।

मंगलबारको तेस्रो एक दिवसीयमा स्लो ओभर रेटका कारण उनलाई चौथो खेलमा निलम्बन गर्दै ४० प्रतिशत म्याच फि जरिवाना पनि गरिएको आईसीसीले जनाएको छ ।

अन्य खेलाडीको भने २० प्रतिशत म्याच फि जरिवाना गरिएको हो ।

निलम्बन पछि शुक्रबार हुने पाकिस्तानविरुद्धको खेलमा खेल्न पाउने छैनन् । आचार संहिता उल्लंघन गरेको आरोपमा विकेटकिपर व्याट्सम्यान जोन वेयरस्टोलाई नसियत दिइएको छ ।

Post Add 1025X115
Loading...