संकटा भरतपुर गोल्डकपको फाइनलमा

0

चितवन।  चितवन ११ लाई पराजित गर्दै संकटा क्लव नारायणगढमा जारी प्रथम भरतपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

नारायणगढस्थित क्याम्पाचौरमा आज भएको पहिलो सेमीफाइनलमा चितवन ११ लाई टाइबेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै संकटा फाईनलमा प्रवेश गरेको हो ।

टाइबेकरमा चितवनका खेलाडी जीवन गुरुङ र रञ्जित आले मगरको प्रहार संकटाका गोलरक्षक राजा बाबु थापाले उत्कृष्ट बचाउँ गर्दै टिमलाई उपाधि नजिक पु¥याए ।

Post Add 1025X115
Loading...