१० खेलाडीमा झरेकाे मिनर्भासँग मनाङको फितलाे प्रदर्शन (भिडियाे रिपाेर्ट)

0

सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा मनाङले मिनर्भाको एक गोलको अग्रता उल्ट्याएको हो । घरेलु दर्शकमाझ मनाङले पहिलो हाफमा सन्तोषजनक खेल खेल्न सकेन । खेलको १२ औं मिनेटमा मिनर्वाको एक उत्कृष्ट प्रहार पोस्टको क्रस बारमा लागेर फर्किएको थियो । तर ३९ औं मिनेटमा थोइवा सिंहले गोल गर्न सफल भए । मनाङको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै मिनर्भाले गोल गर्न सफल भए ।

एक गोलको अग्रता बनाएको मिनर्भाका प्रतिक जोशी पहिलो हाफको अन्तिममा दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीएपछि १० खेलाडीमा झर्यो ।

पहिलो हाफमा एक गोलले पछि परेको मनाङले दोस्रो हाफमा केहि सुधारीएको प्रदर्शन गरेको थियो । तर ५९ औ मिनेटमा अञ्जन विष्ट चुक्न पुगे भने ६७ औ मिनेटमा ओलाओलेले सहि दिशा दिन सकेनन् । ८० औ मिनेटमा मनाङका अजिजले गोल गर्दै खेल बराबरीमा पुर्याए ।

खेलको अन्त्यतीर मिनर्भाले दुई वटा सुन्दर मौका पाएको थियो । तर दुबै प्रहारलाई मनाङले कठिन रुपमा बचाउ गर्यो । खेलको इन्जुरी समयमा ओलाओलेको प्रहारलाई मिनर्भाका गोलकिपरले बचाए ।

Post Add 1025X115
Loading...