विश्वकप खेल्ने १० वटै टिममा ‘एन्टी करप्सन’ अफिसर राखिने

0
आईसीसीले आसन्न विश्वकप क्रिकेटमा म्याच फिक्सिङ लगाएतका विकृतिहरु रोक्न ‘एन्टी करप्सन अफिसर’ तोक्ने भएको छ । आईसीसीले विश्वकप खेल्ने १० वटै टिममा यस्ता अफिसर नियुक्त गर्ने जनाएको छ ।
आईसीसीले पहिलो पटक यस्तो व्यवस्था गर्न लागेको पनि जनाएको छ । यसअघि आईसीसीले मल्टी नेशन टुर्नामेन्टमा हरेक खेलस्थलमा एन्टी करप्सन अफिसर नियुक्त गर्दै आएको थियो । जसका कारण टिमले हरेक पटक फरक फरक एन्टी करप्सन अफिसरसँग समन्वय गर्नु पर्ने अवस्था थियो ।
जसले गर्दा समस्या भएको भन्दै अब एउटा प्रतियोगिता भरि प्रत्येक टिममा एन्टी करप्सन अफिसर हुनेछन् । ती अफिसरहरु वार्म अप गेम देखि नै सँगै हुने छन् । जसले गर्दा खेलाडीहरुले सबैकुरा खुलस्त गर्न सक्ने र अफिसरले पनि सन्दीग्ध गतिविधिको बारेमा थाहा पाउन सफल हुने आईसीसीले विश्वास गरेको छ ।
Post Add 1025X115
Loading...