मिनर्भा विरुद्द बराबरी खेल्नुमा खेलाडीकाे कमजाेर प्रदर्शन- प्रशिक्षक छिरिङ

0

एएफसी कप छनोट अन्तर्गत मिनर्भा विरुद्धको खेलमा बराबरी खेलेपछि प्रशिक्षक छिरीङ लोप्साङले राम्रो खेल्न नसक्नुको दोश खेलाडीलाई दिए ।

पोष्ट म्याच कन्फ्रेन्समा बोल्दै लोप्साङले मनाङले आफ्नो स्तरको खेल खेल्न सकेन, ५–१० मिनेटमा जुन खेलेको थियो त्यस्तो खेल्नु पर्ने तर त्यस्तो खेल्न नसक्दा नतिजा आउन सकेन ।

जुन किसिमले प्रशिक्षण र योजना गरेका थियौ त्यो अनुसार खेल्न सकेन । उसको मैदानमा जस्तो प्रदर्शन गरेको थियो त्यस्तो खेलेको भएका हामी जित्ने थियौ । तर किन हो आज खेलाडीले आफ्नो अपेक्षा अनुसार खेल्न नसक्दा हामी बराबरीमा रोकियौ उनले भने ।

यस्तै कप्तान विराज महर्जनले पनि खेलाडी विच राम्रो तालमेलको कमि देखियो भने धेरै मिसटेक हुदा स्कोर हुन सकेन । जुन बराबरीको मुख्य कारण रहेको बताए ।

Post Add 1025X115
Loading...