यु–१६ राष्ट्रिय बास्केटबल भोलिदेखि

0

नेपाल बास्केटबल संघको आयोजनामा तेश्रो यु–१६ राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक बास्केटबल संघका महासचिव नरेन्द्र थापाले जनाएका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

जेठ १० गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु नयाँ बजारस्थित प्राइम कलेजको कोर्टमा हुनेछ । डाफोडिल पब्लिक स्कुल डिफेन्डिङ च्याम्पियन हो भने पहिलो संस्करणको उपाधि धरानको डिपो स्कुलले जितेको थियो । तेश्रो संस्करण ५ वर्षपछि हुन लागेको महासचिव थापाले जानकारी दिए ।

Post Add 1025X115
Loading...