दुःख पाएका १० भारतीय क्रिकेटर

0

विश्व क्रिकेटमा धेरै पैसा कमाउने खेलाडीको सूचीमा भारतीय खेलाडी सबै भन्दा अगाडी आउछन् । धनी क्रिकेट बोर्ड र विज्ञापनका कारण भारतीय क्रिकेट खेलाडी एकपटक राष्ट्रिय टिममा परेपछि करोडौमा खेल्ने गर्छन् । तर भारतमा पछि पैसा टन्न कमाए पनि सुरुवाती चरणमा निकै दुःख पाएका धेरै क्रिकेटर छन् । जसले आफ्नो सुरुवाती खेलाडी जीवनमा निकै संघर्ष गरेर पछि राम्रो स्तरमा पुगेका १० खेलाडीका बारेमा आज हामी चर्चा गर्दैछौ ।
१०. रमेश पवार

रमेश पवारको नाम कतिले थाहा पाएका छौं या छैनौं, तर उनले भारतका लागि ३४ एकदिवसीय र दुई टेष्ट खेलेका छन् । तर राष्ट्रिय टिममा पुग्न उनले सुरुवातमा निकै ठूलो संघर्ष गरे । बाल्यकालमा नै आमा गुमाएका पवारलाई उनकी दिदीले हुर्काएकी थिइन् ।

बाल्यकालदेखि नै सामान्य जीवन विताएका उनको हरेक कुरामा उनकी दिदीले ठूलो साथ दिइन् । यतिसम्म की पवारको करियर बनाउन उनकी दिदीले आफ्नो करियर धरापमा पारिन् । तर पनि पवारलाई राष्ट्रिय टिमसँग पुग्न उनको तौलले ठुलो धोका दिएको थियो ।

औसत भन्दा मोटोपन भएका कारण उनलाई धेरैले गिज्याउने गर्थे । तर निकै लामो अन्तरालपछि उनको राष्ट्रिय टिममा छनोट भयो ।

यो खवरले धेरैलाई आश्चार्यमा पारेको थियो । पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएपछि उनकी दिदी सहन नसकेर रोयकी थिइन् । तर उनी राष्ट्रिय टिममा धेरै लामो समय टिक्न सकेनन् । कारण थियो बढ्दो प्रतिस्पर्धा ।

९ उमेश यादव
उमेश यादव यतिबेला राष्ट्रिय टिमका सुपरपावर भनेर चिनिन्छन् । तर उनको बाल्यकाल पनि निकै दुःखका साथ वितेको थियो । उनका पिता एउटा कोइला कम्पनीमा काम गर्थे । बाल्यकालमा उनी टेनिस बलबाट खेल्ने प्रतियोगितामात्र खेल्ने गर्थे ।

उनको चाहना थियो, भारतीय पुलिसमा सर्भिस गर्ने ।
उनको करियर तव टर्निङ भयो, जव उनलाई बलिङ ट्रायलका लागि बोलाइएको थियो । त्यसपछि उनले आफ्नो पढाइ र खेललाई सँगै अगाडी लगे ।

उनले सबै कुरा छोडेर क्रिकेटमा फोकस गर्न थाले । झुपडी जस्तो घरमा बस्ने उनले आफ्ना पितालाई घर किन्ने सपना थियो ।

त्यो सपना उनले राष्ट्रिय टिममा स्थान बनाएपछि पुरा गरे । अहिले उनी सफल खेलाडी मात्र होइन, सम्पन्न ब्यक्ति बनेका छन् ।

८.हरभजन सिंह


भारतका लागि टेष्ट क्रिकेटमा धेरै विकेट लिने खेलाडीमा तेस्रो स्थानमा रहेका हरभजन सिंहले १९९८ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए ।

सुरुवाती फेजमा उनको बलिङले खासै कोहि पनि प्रभावित हुने सकेनन् । जसका कारण उनी तीन बर्ष टिमबाट बाहिर रहे ।

दुःखद कुरा उनी टिममा नपेरका बेला नै उनका पिताको निधन हुन पुग्यो । जसका कारण पुरै टिमको जिम्मेवारी हरभजनको काँधमा आइपुग्यो ।

नियमित आम्दानी नहुँदा हरभजन निकै ठुलो दबावमा परे । अरु विकल्प नभएपछि उनी एक पटक क्यानडा गएर ट्रक चलाउने निधो गरेका थिए ।

तर केहि महिना पछि उनी अष्ट्रेलियाविरुद्धको सिरीजका लागि टिममा परे । त्यसपछि उनले पछाडी फर्किएर हेर्नुपरेन । पहिलो सिरीजमा नै ३१ विकेट लिएपछि उनको चौतर्फि चर्चा हुन पुग्यो । त्यसपछि हरभजन सिंह साम र दाम दुबैले परिपक्क हुँदै गए ।

७ मोहम्मद सामी


साहासपुरबाट आएका मोहमद सामीको गाउँमा क्रिकेट खेल्ने मैदान नै थिएन् । मैदान त थिएन नै उनको गाउँमा सुविधा पनि थिएन् ।

त्यहाँ दैनिक ८ घण्टा भन्दा कहिल्यै बढी समय विजुली देखिएन् । उनले कोलकत्ताको एउटा क्रिकेट क्लबमा छनोट हुँदा त्यहाँ बस्न उनलाई पैसाको पनि अभाव भएको थियो ।

पैसा अभाव भए पछि उनी प्रशिक्षकसँगै बसेका थिए ।

जव उनी भारतीय टिममा परे त्यस पछि जिवनले नयाँ मोड लियो । उनी अन्तर्राष्ट्रिय क्रिकेटर बने पछि उनको गाउँमा पनि विकासले गति लियो ।

६ विरेन्द्र सहवाग
भारतीय टिमको विस्फोटक ओपनर ब्याट्सम्यान, जसले टेष्ट क्रिकेटमा दुई पटक तेहेरो सतक बनाउने पहिलो भारतीय खेलाडीको रेकर्ड बनाएका छन् ।

उनको बाल्यकाल पनि त्यति सजिलो भने थिएन । सामान्य र संयुक्त परिवारमा जन्मिएका सहवागले आफ्नो बाल्यकालमा विताएको एकै घरमा ५० जना जति बस्थे ।
नजवगढका राजकुमार उपनाम पाएका उनका पिताको गहुको ब्यापार थियो । उनका पिताको चाहना थियो, आफ्नो काममा छोराले सहयोग गरोस भनेर ।

तर सहवागको चाहना त्यो भन्दा फरक थियो । उनी आफुलाई क्रिकेटर बनाउन चाहन्थे । जसका लागि उनी हरेक दिन ८४ किलोमिटरको यात्रा गर्थे, उनले क्रिकेटर बन्न निकै ठुलो सफर गरेका थिए ।

भारतीय क्रिकेटका मास्टर ब्लास्टर सचिन तेन्दुलकरको ब्याटिङबाट प्रभावित भएर सिकेका विरेन्द्र सहवागको मेहेनतले तव फल दियो, जव उनी यू–१९ हुँदै राष्ट्रिय टिमसम्मको यात्रा गरे ।

उनले आफ्ना आइडीएलसँग निकै लामोसमय सम्म एकदिवसिय क्रिकेटमा ओपन गरे । र दुबैले मिलेर भारतका लागि ठुलो योगदान गरेका छन् ।

५. विनोद काम्ली


विनोद काम्ली सचिन तेन्दुलकरका बालापनका साथी हुन् । काम्लीले बचपन मुम्बईको चालमा विताएका थिए । जहाँ उनी बस्ने एउटै कोठामा १८ जना थिए ।

काम्लीका बुवा मेकानिक थिए उनको कमाई महिनाको पाँच सय रुपैयाँ थियो । काम्लीले ब्याट किन्नका लागि चोरी समेत गरे थिए । काम्लीको नयाँ मोड सचिनसँग ६ सय बढी रनको साझेदारी गरेपछि आयो ।

त्यसपछि उनको चर्चा क्रिकेट जगतमा बढ्यो र सरकारबाट मासिक २ सय रुपैयाँ तलब पनि पाउन थाले । उनको क्रिकेट करियर भने धेरै नै विवादास्पद पनि रह्यो ।

४. रवीन्द्र जडेजा
गुजरातबाट प्रतिनिधित्व गर्ने रवीन्द्र जडेजा यति सम्म खराब समयबाट गुज्रीए की उनले क्रिकेट छाड्ने मनस्थीति नै बनाए ।

बुवा सेक्युरिटी गार्डको नोकरीमा थिए । जसले गर्दा घर चाउन पनि पुग्ने थिएन् । तर उनकी आमाले जडेजालाई जहिल्यै साथ दिइन् ।

२००५ मा आमाको निधन भएपछि अब क्रिकेट खेल्न सकिँदैन भन्ने सोँचमा पुगे । तर उनकी वहिनीले पढाईसँगै पार्ट टाइम जव सुरु गरिन् । र जडेजालाई क्रिकेट खेल्न प्रेरित गरिन् ।

२००८ मा इन्डियाको यू–१९ क्रिकेट टिमले विश्वकप जित्दा उनी उप कप्तान थिए । सबै खेलाडीलाई जनही १५ लाख रुपैयाँ विसीसीआईले दिएपछि उनी फेरि क्रिकेटमा व्यस्त हुन थाले ।बाबुलाई सेक्युरिटी गार्डको नोकरीबाट अबकास लिन लगाए र परिवारका लागि नयाँ घर किनरे राखे ।

३. पठान ब्रदर्स
इरफान पठानको स्वीङ बलिङ र युसुफ पठानको एग्रेसिभ व्याटिङका कारण चर्चित छन् । दुई भाईको जीन्दगी भारतका लागि क्रिकेट खेल्नु भन्दा पहिला गरिबीमा वित्यो ।

जहाँ उनीहरु बस्ने घर थिएन । दुई भाई मस्जिदमा बस्थे । नयाँ घर किने पनि त्यो एउटा मात्रै कोठा थियो । इराफानका वुवा मस्जिदमा काम गर्थे ।

उनको तलब २५० रुपैयाँ थियो । इरफानका वुवाले छोराहरुलाई गरिबी कारण क्रिकेटका लागि पैसा दिन नसकेको स्वीकार गरेका थिए ।

२. जहीर खान
कपिल देव पछि भारतका लागि टेस्ट क्रिकेटमा तीन सय बढी विकेट लिने खेलाडी हुन् जहीर खान । उनी सानैदेखि क्रिकेटका सौखिन थिए ।

मुम्बईको नेशनल क्रिकेट एकेडेमीमा छनोट भएपछि उनी घर छाडेर अन्टीसँग बस्न थाले । उनकी अन्टि हस्पिटलमा काम गर्थिन् । उनी त्यही हस्पिटलको सानो कोठामा सुत्ने गर्थे । त्यहाँ खाने र सुत्ने राम्रो व्यवस्था थिएन् ।

उनी विहानै केही नखाएरै अभ्यासका लागि पुग्ने गर्थे । केही समयपछि अन्टिले जहीरलाई पाल्ने कुनै आर्थिक स्रोत छैन भने पछि उनले जागिर खोज्न सुरु गरे । उनका मेन्टरले मासिक पाँच हजारको जागिर खोजि दिएका थिए ।  त्यतिबेला उक्त रकम निकै ठूलो थियो । त्यसपछि उनले जागिरसँगै क्रिकेटलाई अघि बढाए ।

केही वर्ष पछि उनी क्रिकेट टिममा परे र १५ वर्षसम्म भारतीय क्रिकेट टिमको बलिङ लाइनको लिड गरे ।

१. मुनाफ पटेल


गुजरातको सानो गाउँ इछरबाट आएका हुन् मुनाफ पटेल । जहाँ उनका बुवा मजदुरी गर्थे ।

गरिबीका कारण टाइल फ्याक्ट्रीमा बाल मजदुरीका रुपमा काम गर्थे । त्यसबापत दिनको ३५ रुपैयाँ पाउने गर्थे ।मुनाफ गाउँमा खेल्दा तिव गतिमा बलिङ गर्थे ।

पैसा नभएका कारण उनले टेनिस बलले बलिङ गर्थे । उनले एक पटक अन्तर्वार्तामा भनेका थिए ‘घरमा तीन प्रहर रोटी खाने पैसा पनि छैन’ ।त्यसैले क्रिकेट खेल्ने जुत्ता किन्ने पैसा पनि छैन् । एक दिन उनले चप्पलले क्रिकेट खेले ।

उनको बलिङ देखेपछि गाउँका एक जनाले जुत्ता किनेर दिएका थिए । बदोरा क्रिकेट क्लबमा राख्न लगाए । त्यहाँ उनले अस्ट्रेलियाका डेनिस लिलीको अन्डरमा प्रशिक्षण गर्न पाए ।

त्यहाँ स्टिभ वाले देखेपछि सचिन तेन्दुलकरसँग कुरा गरे । सचिनकै कारण उनले २००६ मा भारतका लागि डेव्यु गरे ।

जब भारतले २०११ मा विश्वकप जित्दा उनी भारतको तेस्रो सर्वाधिक विकेट लिने खेलाडी बने । उनले ११ विकेट लिएका थिए । एजेन्सीकाे सहयाेगमा

Post Add 1025X115
Loading...