मिनर्भा विरुद्द मनाङ १-१ काे बराबरीमा

0

एएफसी कप अन्तर्गत मिनर्भा पञ्जाव विरुद्धको होम म्याचमा नेपालको लिग च्याम्पियन मनाङ मस्र्याङदी क्लव एक गोलले पछि परेको छ ।

सातदोबाटो स्थित एन्फा मैदानमा जारी खेलमा नेपालले पहिलो हाफ भित्र नै गोल खान पुग्यो । खेलको १२ औं मिनेटमा मिनर्वाको एक उत्कृष्ट प्रहार पोस्टको क्रस बारमा लागेर फर्किएको थियो । तर ३९ औं मिनेटमा थोइवा सिंहले गोल गर्न सफल भए । मनाङको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै मिनर्भाले गोल गर्न सफल भए ।

एक गाेलकाे अग्रता बनाएकाे मिनर्भाका प्रतिक जाेशी पहिलाे हाफकाे अन्तिममा दाेहाेराे पहेलाे कार्ड पाउँदै मैदानबाट बाहिरीएपछि १० खेलाडीमा झर्याे । पहिलाे हाफमा एक गाेलले पछि परेकाे मनाङले दाेस्राे हाफमा केहि सुधारीएकाे प्रदर्शन गरेकाे थियाे । तर ५९ औ मिनेटमा अञ्जन विष्ट चुक्न पुगे भने ६७ औ मिनेटमा ओलाओलेले सहि दिशा दिन सकेनन् ।

८० औ मिनेटमा मनाङका अजिजले गाेल गर्दै खेल बराबरीमा पुर्याए ।

यसअघि भारतमा भएको अवे खेलमा मनाङ दुई दुई गोलको बराबरीमा रोकिएको थियो । जारी प्रतियोगितामा मात्र एक अंकका साथ पुछारमा रहेको मनाङ र मिनर्भा तीन अंकका लागि मैदानमा रहेका छन ।

Post Add 1025X115
Loading...