एसिया कप ह्विलचियर क्रिकेटमा नेपाल पहिलाे खेलमा नै पराजित

0

एसिया कप व्हिल चियर टी-ट्वान्टी क्रिकेटको पहिलो खेलमा नेपाल भारतसंग ६ विकेटले पराजित भएको हो ।

किर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १४० रन बनाएको थियो । नेपालका लागि कप्तान दिगम सिंह चेम्जोङले अविजित रहदै ६६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै विपिन पौडेलले अविजित ३३ तथा रमेश खत्रीले १५ रन बनाए ।

नेपालले दिएको १४१ रनको लक्ष्य भारतले १५ ओभर एक बलमा मात्र चार विकेट गुमाएर पुरा गर्यो  । भारतको जितमा गौरब विश्वनाथले अविजित रहदै ५० रन बनाए  । यस्तै प्रशुराम देशाईले १९,  निकुलले १६ तथा सौरभ मलिकले १४ रन बनाए  । नेपालका विपिन पौडेल, राजु कटवाल, यम बहादुर श्रेष्ठ र डम्बर मगरले एक एक विकेट लिए ।

पहिलो पटक आयोजना भएको एसिया कप व्हिल चियर टी-ट्वान्टी क्रिकेटमा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानले प्रतिस्पर्धा गरिरहेका छन्  ।

Post Add 1025X115
Loading...