क्राेयसियाका स्टिमेक भारतकाे मुख्य प्रशिक्षक

0

क्रोयसियालाई फिफा विश्वकपको फाइनलमा पुर्याउने इगोर स्टिमेक भारतीय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन ।

भारतीय फुटबल फेडरेसनले उनलाई दुई बर्षका लागि अनुबन्ध गरेको छ । रसिया विश्वकपमा क्रोयसिया उपविजेता हुँदाका प्रशिक्षक स्टिमेक पछिल्लो पटक काम विहिन बनेका थिए । उनले विश्वकपपछि टिमको पदबाट राजिनामा दिएका थिए ।

यता भारतका प्रशिक्षक स्टेफक कान्सटनटाइनले पनि राजिनामा दिएपछि मुख्य प्रशिक्षकको पद खालि रहेको थियो । जसमा अब स्टिमेक आएका हुन ।

५१ बर्षे स्टिमेकले क्रोयसियालाई २०१४ को विश्वकपमा क्रोयसियालाई छनोट गराएका थिए भने २०१८ को विश्वकपमा फाइनलमा पुर्याएका थिए । पूर्व खेलाडी समेत रहेका स्टिमेक पछिल्लो १८ बर्षदेखि प्रशिक्षकको भुमिकामा रहेका छन ।

Post Add 1025X115
Loading...