चेल्सीका खेलाडी २० महिना प्रतिबन्धमा

0

इंग्लिस क्लब चेल्सीका मिडफिल्डर ड्यानी ड्रिकवाटर ड्रिंक एण्ड ड्राइभमा २० महिनाकाे प्रतिबन्धमा परेका छन । मादक पदार्थ सेवन गरेर गाडी चलाएकाे भन्दै उनमाथि इंग्ल्याण्ड प्रहरीले साे प्रतिबन्ध लगाएकाे हाे ।

गत अप्रिल ८ तारिखमा रक्सी पिएर गाडी चलाउँदा ड्रिकवाटरको दुर्घटनामा परेको थियो । जसका कारण दुई महिला घाइते भएका थिए । लेस्टर सिटीबाट २०१७ मा चेल्सी पुगेका उनी म्यानचेस्टर युनाइटेडकाे एकेडेमीका उत्पादक हुन।

उनले प्रतिबन्धबारेमा भने कुनै प्रतिक्रिया जनाएका छैनन् ।

Post Add 1025X115
Loading...