‘चुज’ गरेर मात्र विदेशी लिग खेल्छु- सन्दिप लामिछाने

0

भारतमा सम्पन्न इन्डियन प्रिमियर लिग आइपीएलबाट केहि दिन अगाडी मात्र स्वदेश फर्किएका युवा स्टार सन्दिप लामिछानेले यो बर्षदेखि सिमित फ्रेन्चाइजी लिग मात्र खेल्ने सोच बनाएका छन ।

पछिल्लो एक बर्षमा एकपछि अर्को प्रतियोगितामा ब्यस्त बनेका सन्दिपको उचाई दिन प्रतिदिन बढि रहेका बेला आइपीएलबाट फर्किएपछि अब आफुले चुज गरेर मात्र विदेशी प्रतियोगिता खेल्ने बताए । यसका कारण नेपाली क्रिकेट टिमको ब्यस्त खेल तालिका र श्वास्थ्यलाई पनि ध्यानमा राख्न आवश्यक रहेको उनको बुझाई छ ।

खेलाडी भएपछि खेल्नु नै पर्ने भएपछि पछिल्लो पटक आफुले श्वास्थ्यमा पनि ध्यान दिनुपर्ने भएकाले यो बर्षदेखि मुख्य मुख्य लिगमा मात्र सहभागिता जनाउने उनले बताए ।

गएको बर्ष सन्दिपले विश्वका सबै ठुलो फ्रेन्चाइजी लिग खेलेका थिए । यतिसम्म की एउटा प्रतियोगिता नसकिएर नै अर्को खेल्न जानुपर्ने अवस्थामा आएको थियो । त्यो विचमा उनले राष्ट्रिय टिमको ड्युटि पनि गर्न भ्याएका थिए । जसका कारण उनलाई आरामको निकै खाँचो भएको थियो ।

आइपीएल खेलेर फर्किएपछि उनले विमानस्थलमा आफुलाई आरामको जरुरी रहेको र कम्मरमा समस्या आएको बताएका थिए । जसका कारण उनले थेरापी पनि गुर्नपर्ने भएको खुलासा गरेका थिए । तर यो सामान्य भएपनि आगामी दिन नियमित रुपमा विना आराम प्रतियोगिता खेलेमा श्वास्थ्यमा समस्या आउनसक्ने थाहा पाएर नै यो निर्णय गरेका हुन ।

विदेशी लिगमा ब्यस्त भएका कारण पनि घरेलु प्रतियोगितामा निकै कम देखिएका सन्दिपले पोखरा प्रिमियर लिग र एभरेष्ट प्रिमियर लिग मात्र खेलेका छन । त्यो पनि सिमित खेलहरु ।

अन्तराष्ट्रिय स्तरमा ब्यस्त भएकाले पनि सन्दिपले घरेलु प्रतियोगितामा देखिन पाएका छैनन । अब भने उनले आफ्नो सेड्युललाई ब्यवस्थापन गर्ने उनी आफैले बताएका छन ।

नेपालले निकट भविष्यमा आइसीसी टी–२० विश्वकपको एशिया छनोटका साथै अन्तराष्ट्रिय सिरीज खेल्दैछ । त्यसका लागि पनि सन्दिपले तयारी गर्नुपर्ने हुन्छ ।

Post Add 1025X115
Loading...