एएफसीको ग्रासरुट डे नेपालमा पनि मनाइयाे

0

एशियन फुटबल महासंघ एएफसीको ग्रासरुट डे नेपालमा पनि मनाइएको छ ।

रुपन्देहीमा अखिल नेपाल फुटबल संघले एएफसी ग्रासरुट डे विभिन्न किशोर खेलाडी विच मनाइएको हो । फुटबलको विकाश ग्रासरुटबाट नै हुन आवश्यक छ भन्ने अवधारणाका साथ आज नेपालसँगै एशियाका अरु देशमा पनि यो डे मनाइएको छ ।

रुपन्देहीको एन्फा टेक्निकल सेन्टरमा आज कार्यक्रमको आयोजना गरेर एन्फाले युवा खेलाडीमाझ फुटबलको स्किल कसरी खेल्न सकिन्छ भन्ने जानकारी गराइएको थियो । यस कार्यक्रमका लागि एन्फाको ग्रासरुट फुटबल विकास समितीका पदाधिकारीका साथै, केहि प्रशिक्षकले बालबालिकालाई फुटबल सिकाएको थियो ।

कार्यक्रममा २ सय भन्दा बढी बालबालिकाकाे सहभागिता रहेकाे थियाे ।

Post Add 1025X115
Loading...