एस्टाेन भिल्ला लगातार दाेस्राे पटक च्याम्पियनसिपकाे प्लेअफमा

0

वेष्ट ब्रुमविचलाई समग्रमा चार तीनले हराउँदै एस्टोन भिल्ला इंग्ल्याण्डको च्याम्पियनसिपको प्लेअफमा पुगेको छ । लगातार दोस्रो सिजन प्लेअफमा पुगेको एस्टोन भिल्लाले वेष्टब्रुमलाई पेनाल्टीमा चार तीनले हराएको हो ।

पहिलो लेगमा दुई एकको अग्रता बनाएको एस्टोन भिल्ला विरुद्ध १० खेलाडीमा झरेको वेष्टब्रुम दोस्रो लेगमा एक शुन्यले विजयी भएको थियो । जसका कारण खेल दुई दुई गोलको बराबरीमा पुगेको थियो ।

खेलको २९ औं मिनेटमा डसोनको गोलमा अग्रता बनाएको थियो । तर ८० औं मिनेटमा ब्रुन्टले दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीए । जसका कारण वेष्टब्रुम १० खेलाडीमा झर्यो ।

निर्धारीत ९० मिनेट दुई दुई गोलको बराबरी भएको खेलको टाईब्रेकरमा एस्टोन भिल्लाले चार गोल गर्दा वेष्टब्रुमले तीन गोल मात्र गर्न सक्यो ।
उपाधिका लागि उसले लिड्स र डेर्बी विच वेम्लेमा मे २७ मा खेल्नेछ ।

Post Add 1025X115
Loading...