सागकाे बजेटका लागि बैठक बस्दै

0

दक्षिण एशियाली खेलकुद सागको बजेट मुल्यांकनका लागि अाज बैठक बस्ने भएको छ ।

बजेट रिभ्युका लागि राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले यो सँग सम्बन्धित सबै पक्षका पदाधिकारीलाई मन्त्रालयमा बैठकका लागि बोलाएका छन ।

सोमबार सागको बैठकले लोगो र मस्कटका साथै विभिन्न समितीहरु तयार पारेको थियो । जसका लागि बजेटको निर्धारणका लागि अाज १२ बजे बैठक बोलाएको छ ।

सागका लागि बैठकले सरकारसँग चार अर्वको बजेट माग गरेको थियो । जुन पर्याप्त हुन्छ की छैन भन्ने सो बैठकमा छलफल हुनेछ ।

सागमा पहिलो पटक क्रिकेटलाई समावेश गरिएको छ । यसका साथै पुर्वाधार निर्माणमा पनि सरकारले नै तिब्रता दिन निकै आवश्यक रहेको छ ।

Post Add 1025X115
Loading...