पाकिस्तान विरूद्द इंग्ल्याण्डकाे प्रभावशाली जित, इमामकाे सतक खेर गयाे

0

पाकिस्तान विरुद्धको तेस्रो एकदिवसिय खेलमा इंग्ल्याण्डले ६ विकेटको सानदार जित निकालेको छ । जितसँगै इंग्ल्याण्डले ५ खेलको सिरीजमा दुई शुन्यको अग्रता बनाएको छ ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय ५८ रन बनाएको थियो । उसका लागि इमाम उल हकले एक सय ५१ रनको पारी खेल्दा आसिफ अलीले ५२ रन बनाए । बलिङमा इंग्ल्याण्डमा वक्सले चार विकेट लिए ।

जवाफमा जोनी बेस्ट्रोको विस्फोटक एक सय २८ रनको पारीमा इंग्ल्याण्डले ४४ ओभर ५ बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसका उसका लागि बेस्ट्रो बाहेक जेसोन रोयले ७६ तथा मोलयन अलीले अविजीत ४६ रन बनाए । पहिलो खेल बर्षाले विथोलिएको थियो भने दोस्रो खेलमा इंग्ल्याण्ड विजयी भएको थियो ।

Post Add 1025X115
Loading...