मनाङ र मिनर्भाकाे एउटै लक्ष्य तीन अंक

0

एएफसी कपको समुह इ अन्तगर्तको खेलमा ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङदी र भारतको मिर्नेभा पञ्जाव विच आज प्रतिस्पर्धा हुदैछ । दृुवै टिमको लक्ष्य स्पष्ट तीन अंक जोड्ने रहेको छ ।

यसअघिका तीनै खेलमा बराबरी नतिजा हात पारेको पञ्जाव आफ्नो पहिलो जित निकाल्ने दाउमा छ । मनाङसँगको यसअघिको भेटमा दुई दुई गोलको बराबरी खेलेको पञ्जावले मनाङ बलियो प्रतिस्पर्धी रहेको बताएको छ । समुह चरण फाइनलमा पुग्ने सम्भावनालाई कायम राख्न जितको विकल्प नरहेको पञ्जावको भनाई छ ।

यता दुई खेलमा हार र एक खेलमा बराबरी खेल्दै एक अंक सहित तालिकाको पुच्छारमा रहेको मनाङले अघिल्ला खेलहरुमा भएका कमि कमजोरीलाई सुधार गर्दै खेल जित्ने रणनिती सहित मैदानमा उत्रिने बताएको छ । घरेलु मैदान र दर्शकको साथहुने मनाङले भोलीको खेलमा फरक रणनितीका साथ मैदानमा उत्रनेछ ।

समुहको बिजेताले मात्र इन्टर जोन प्ले अफ सेमीफाइनलमा प्रवेश गर्ने प्रावधान छ । दुई खेलमा जित र एकमा बराबरी खेलको भारतको आइएसललिगच्याम्पियन चेन्नाइएन क्लब सात अंक सहित शीर्ष स्थानमा छ भने एक खेलमा जित, एकमा हार र एकमा बराबरी खेलेको आभानी लिमिटेड, चार अंक सहित दोस्रो स्थानमा छ ।

Post Add 1025X115
Loading...