पाकिस्तानका सदाब खानले विश्वकप खेल्ने

0

काठमाडौं, ३१ वैशाख । पाकिस्तानी क्रिकेट टिमलाई खुसीको खबर रहेको छ । उसका अलराउण्डर सदाब खान ठिक भएका छन् । विश्वकप खेल्ने १५ सदस्यीय टोलीका सदस्य सदाबलाई हेपाटाइटिस भएको भन्दै उनी इंग्ल्याण्डविरुद्धको जारी सिरिजका लागि गएका थिएनन् ।

पाकिस्तानमा उपचार गराइ रहेका सदाबको आज गरिएको टेस्टमा हेपाटाइटिस नभएको पुष्टि भएको छ । अब उनी विहीबार इंग्ल्याण्ड जाने र स्पेसलिस्टको सल्लाह अनुसार टिममा सहभागी हुने छन् ।

इंग्ल्याण्डविरुद्धको तेस्रो एक दिवसीय खेलमा टस हुँदा पाकिस्तानी कप्तान सरफराज अहमदले सदाब ठीक भएको जानकारी दिएका थिए ।
पाकिस्तानी क्रिकेट बोर्ड पीसीबीले विश्वकप अघि अफगानिस्तान र बंगलादेशसँग हुने अभ्यास खेलका लागि उनी खेल्ने या नखेल्ने विषय फिटनेशमा मात्रै भर पर्ने जनाएको छ । पीसीबीले विश्वकप सम्म पूर्णरुपमा फिट हुने अपेक्षा पनि गरेको छ ।

Post Add 1025X115
Loading...