फ्रेन्डसलाई हराउँदै एपीएफ भीमनारयण गाेल्डकपकाे सेमिफाइनलमा

0

फ्रेण्ड्स क्लवलाई ३–० को गोलअन्तरले हराउँदै शसस्त्र प्रहरीको एपिएफ क्लव धनकुटामा जारी शहिद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा भएको खेलमा एपिएफको जितमा रवि थिङ्गले दुई गोल गरे । खेलको पहिलो र दोस्रो हाफमा रविले फ्रेण्ड्सका बिरुद्ध एकएक गोल गरे ।

यस्तै कुमार दोङ्गले एक गोल गर्दै टीमलाई ३–० को अग्रता दिलाए । फ्रेण्ड्स क्लवको करिब आधादर्जन प्रहार एपिएफका गोल रक्षक अमृत चौधरीले बचाएका थिए । भोलीको पहिलो सेमिफाइनलमा बिन्ध्याबासिनी फूटबल क्लव मोरङ्ग र क्यामरुनको दाउफिन्स फूटबल क्लव बीच हुनेछ ।

Post Add 1025X115
Loading...