एपीएफ भरतपुर गाेल्डकपकाे सेमिफाइनलमा

0

विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफ क्लव नारायणगढमा जारी प्रथम भरतपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ ।

नारायणगढस्थित क्याम्पाचौरमा आज भएको खेलमा वीरगञ्ज युनाईटेड क्लवलाई ३–१ गोल अन्तरले पराजित गर्दै एपीएफ सेमीफाईनलमा प्रवेश गरेको हो । एपीएफले फाईनल प्रवेशका लागि झापा ११ संग भिड्ने छ ।

एपीएफका लागि रमेश दंगालले खेलको ११ औं मिनेटमा हेडर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अग्रता बनाएको एपीएफले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । खेलको ५२ औं मिनेटमा नविन लामाले हेडर गोल गरे भने ६८ औं मिनेटमा सन्तोष श्रेष्ठले आकर्षक गोल गरे । वीरगञ्जका लागि ७३ औं मिनेटमा प्याटरिकले सान्त्वना गोल गरे ।

खेलमा एपीएफका नविन लामा म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तरगत भोलि पहिलो सेमीफाईनलमा घरेलु टोली चितवन ११ र संकटा क्लवबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । एजे इन्टरनेशनलको आयोजनामा भईरहेको प्रतियोगिता जेठ ४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने छन् ।

Post Add 1025X115
Loading...