क्रिकेट विवाद समाधानकाे कामकाे प्रगतिबारे संसदमा छलफल गर्नेछाै- गगन थापा

0

नेपाली क्रिकेटको लामो समय देखिको अन्योलका बारेमा के भइरहेको छ भनेर नेपाली कांग्रेशका नेता गगन थापाले संसदमा प्रश्न दर्ता गराएका छन ।

डब्लुसीएलको ड्राफ्ट समारोहमा बोल्दै थापाले यसअघि पनि संसदमा प्रश्न दर्ता गरेपनि प्रायोरिटीमा नपरेको तर उनले दोस्रो पटक फेरी आज दर्ता गरेको उल्लेख गरे ।

उनले नेपाली क्रिकेटका लामो समयदेखिको अन्योलका बारेमा के भइरहेको, कसरी निराकरण गर्ने हो त्यसका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली तथा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माबाट जवाफ माग्न चाहेको बताए । साथै उनले सरकाले पनि क्रिकेटको विवाद समाधानका लागि इच्छुक छ की छैन भनेर सबैलाई थाहा होस भन्ने इच्छा रहेकाले आफुले प्रश्न दर्ता गरेको बताए ।

पछिल्लो तीन बर्षदेखि निलम्बनमा रहेको नेपाली क्रिकेटको विवाद समाधानका लागि पछिल्लो पटक जिल्ला संघको निर्वाचनका लागि पत्र काटिएको छ भने चार जिल्लाले जेठमा निर्वाचन गर्ने जनाएका छन ।

Post Add 1025X115
Loading...