एन्फाकाे बरिष्ठ उपाध्यक्षमा पंकज नेम्वाङ चयन

0

अखिल नेपाल फुटबल संघको कार्यकारी समिति बैठक पंकज विक्रम नेम्बाङलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको छ । बढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आज सम्पन्न कार्यसमिति बैठकले उपाध्यक्ष नेम्बाङलाई वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत चयन ग¥यो ।

उपाध्यक्ष बाहेक कार्यसमिति बैठकले अन्य चार एजेन्डामा निर्णय गरेको छ । बैठकले यसै वर्ष जिल्ला, प्रदेश र एन्फा प्रेसिडेन्ट लिग संचालन गर्ने नियमावली पनि अनुमोदन गरेको छ ।

यस्तै ४५ जिल्लाका फुटबल संघ र ए, बी, सी डिभिजन क्लबहरुमा सम्भाव्यताको अध्यन गरी कम्तिमा १० स्थानमा एकैपटक भौतिक पूवार्धारहरु निर्माण तथा स्तरोन्नती गर्ने निर्णय पनि गरेको छ । यस्तै कर्मचारी कार्यविधि पनि लागु गरेको छ ।

Post Add 1025X115
Loading...