पहिलाे पटक महिला रेफ्रिले एएफसी कप खेलाउदै

0

एशियाली फुटबलको इतिहासमा पहिलो पटक महिला रेफ्रिले पुरुष फुटबल खेलाउने भएका छन ।

एएफसी कप अन्र्तगत म्यानमारको याङगोन युनाइटेड र नागा वल्र्ड अफ कम्बोडिया विचको खेलमा सबै रेफ्रिहरु महिला हुनेछन । यो फुटबलमा पहिलो पटक हुन लागेको हो । जापानीज रेफ्रि योसिमी यामासितासँगै लाइन रेफ्रि माकोटो बोजोना र नाओमी छिरोगीले एएफसी कपमा पहिलो खेल खेलाउने छिन ।

तीनै जनाले पुरुषको मापदण्डमा गरिएका सबै टेष्टहरु पास गरेका छन । जसका कारण उनीहरुलाई पुरुष फुटबलको खेल खेलाउन स्विकृती दिएको हो । यसका साथै उनीहरुलाई एएफसी कपको १२ वटा अफिसियलमा पनि समावेश गरिएको छ । यसका साथै उनीहरुलाई २०१९ को महिला विश्वकपमा रेफ्रि समुहमा पनि राखिएको छ ।

उनीहरुले एएफसीको अफिसियल खेल खेलाउने भएपछि एशियाली फुटबलमा नयाँ उर्जा थपिएको छ भने महिलाले पनि पुरुष फुटबल खेलाउन सक्छन भन्ने प्रमाणित भएको छ ।

Post Add 1025X115
Loading...