उमेर समूहको राष्ट्रियस्तरको चेस हुने

0

नेप्लेज, ३१ बैशाख । काठमाडौं महानगरपालिका वडा नम्बर २४ ले २४ औं महानगर दिवसको अवसरमा प्रथम मेयर कप उमेर समूह बुद्धिचाल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आगामी जेठ ४ देखि ६ गतेसम्म मख्खनको तारिणीबहालमा हुने प्रतियोगितामा यू–१२ छात्र र छात्रा तथा यू–१६ खुल्ला समूहमा स्पर्धा हुनेछ । प्रतियोगितामा १५० भन्दा बढी खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको छ ।

देशैभर बुद्धिचाल प्रतियोगिता भइरहे पनि उमेर समूहमा निकै थोरै प्रतियोगिता आयोजना भएका कारण उमेर समूहमा पुरस्कार राशीको प्रतियोगिता आयोजना गर्न लागिएको मखन चेस क्लबले जानकारी दिएको छ । प्रतियोगिताको व्यवस्थपन पनि मखन क्लबले नै गर्नेछ ।

प्रतियोगितामा यू–१२ तर्फ छात्र÷छात्राको विजेताले ३० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । तीनै स्पर्धामा उत्कृष्ट खेलाडीले ५–५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सबै स्पर्धाको शीर्ष तीन स्थानमा आउनेले उत्कृष्ट खेलाडी पुरस्कार भने पाउने छैनन् ।

प्रतियोगिता स्वीस लिग फम्र्याटमा हुनेछ । फिडेको नियम अनुसार ७ चरणको खेल हुनेछ ।

Post Add 1025X115
Loading...