आइपीएलकाे टिम अफ दी टुर्नामेन्टमा दिल्लीबाट सर्वाधिक तीन खेलाडी पर्न सफल

0

इडियन प्रिमियर लिग आइपीएलको यो सिजनको टिम अफ दि टुर्नामेन्टमा सन्दीप लामीछानेको टिम दिल्लीबाट तीन जना खेलाडी परेका छन ।

क्रिकेट सम्बन्धित वेबसाइट क्रिकइन्फोले जनाए अनुसार बर्षको टिममा दिल्लीका शिखर धवन, रिशव पन्त र कागिसो रावाडा परेका छन । यस्तै उपाधि विजेता टिम मुम्बइबाट हार्दिक पाण्ड्या र जसप्रित बुम्राहा परेका छन भने चेन्नेइबाट कप्तान महेन्द्रसिंह धोनी र इमरान ताहिर परेका छन ।

यस्तै राजस्थान, हैदरावाद, पञ्जाव र कोलकाताबाट एक एक खेलाडी परेका छन । जसमा हैदरावादबाट ओपनर डेविड वार्नर, राजस्थानबाट श्रेयर गोपाल, पञ्जावबाट लोकेश राहुल, कोलकाताबाट आन्द्रे रसेल परेका छन ।

Post Add 1025X115
Loading...