मिनर्भा पञ्जाबविरुद्ध स्पष्ट जितका लागि मनाङ मैदान उत्रने

0

काठमाडौं, ३१ वैशाख । एएफसी कप छनोटमा बुधबार नेपालको ए डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबले भारतको मिनर्भा पञ्जावसँग खेल्दै छ ।

भारतमा २–२ गोलको बराबरी खेलेको मनाङले एन्फा मैदान ललितपुरमा हुने खेलमा स्पष्ट तीन अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रने जनाएको छ ।

प्रि म्याच कन्फ्रेन्समा मनाङका प्रशिक्षक छिरिङ लोप्साङले मिनर्भाकै मैदानमा ड्र गर्दै फर्किएकाले बुधबारको खेलमा होम ग्राउण्डको फाइदा उठाउने बताए ।

च्यालेन्ज कप अन्तर्गत बुधबारको सहित ३ खेल बाँकी रहेकाले अर्को चरणमा प्रवेश गर्न सबै खेल जित्नै पर्ने बाध्यता मनाङलाई रहेको छ ।

प्रशिक्षक लोप्साङले घरेलु मैदानमा दर्शकको साथ र विगतको गल्ती सच्याएर मैदान उत्रने प्रष्ट पारे ।

Post Add 1025X115
Loading...