एन्फाकाे बाेर्ड बैठकले बरिष्ठ उपाध्यक्षकाे टुङ्गाे लगाउने

0

नयाँ नेतृत्वको निर्वाचन भएको एक बर्ष बितिसक्दा बरिष्ठ उपाध्यक्षकाे टुङ्गाे लगाउन नसकेकाे अखिल नेपाल फुटबल संघ एन्फाले आज लगाउँदैछ ।

वरिष्ठ उपाध्यक्ष छनोट एन्फा कार्यसमिति बैठकले गर्ने भएकाले एन्फाले आज बाेलाएकाे छ ।

सोही बिषयमा निर्णय गर्न एन्फाले आज कार्यसमितिको बैठक बोलाएको छ । एजेण्डाको दोस्रो बुँदामा वरिष्ठ उपाध्यक्षको छनोटलाई समावेश गरेको छ । वरिष्ठ उपाध्यक्षमा पंकजबिक्रम नेम्वाङ्ग र विरबहादुर खड्काले दाबी पेश गरेका छन् ।

यसअघि कार्यसमितीकाे निर्वाचनबाट चार उपाध्यक्ष निर्वाचित भएका थिए । जसमा नेम्वाङले ६१ मत र खड्काले ३९ मत ल्याएका थिए । अर्का उपाध्यक्ष उपेन्द्रमान सिहले ५८ मत र कृष्ण थापाले ५२ मत ल्याएका थिए ।

यसका साथै आजको बैठकले बार्षिक कार्यक्रम तथा बजेट पास गर्नेछ ।

Post Add 1025X115
Loading...