दाउफिन्स भीमनारायण गोल्डकप फूटबलकाे सेमिफाइनलमा

0

धरान फूटबल क्लवलाई ५–० गोल अन्तरले हराउँदै क्यामरुनको दाउफिन्स फूटबल क्लव धनकुटामा जारी भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनकुटा सदरमुकामको तल्लो टुडिखेलमा आयोजित प्रतियोगितामा अधिकाशं समय सुनसरीलाई दवावमा राखेको क्यामरुनले यानीक ओनको लगातार २ गोल मार्फत हाफ टाइम अघि नै टीमलाई २–० को अग्रता दिलायो ।

यस्तै दोस्रो हाफमा पनि क्यामरुनका लागि कोनोले २ र पेट्ना १ गोल गरे । खेलको अधिकाशं समय क्यामरुनी क्लव सुनसरी माथि हावि भएको थियो ।

आजको खेलमा म्यान अफदी म्याच क्यामरुनका कप्तान आउरेल इनामे घोषित भए । भोलीको खेल फ्रेन्ड्स क्लव काठमाण्डौं र शसस्त्र प्रहरीको एपिएफबीच हुने आयोजकले जनाएको छ ।

Post Add 1025X115
Loading...