राखेप च्याम्पियनसिप भदाैमा हुने

0

राष्ट्रिय खेलकुद परिषद्ले राष्ट्रिय प्रतियोगिता नभएको बेला राखेप च्याम्पियनसिप गर्ने भएको छ । हरेक दुई बर्षमा नेपालको बृहत राष्ट्रिय खेलकुद हुने भनिएपनि समयमा नुहँदा हरेक प्रतियोगिताको मिती बारम्बार सरिरहेको छ ।

खेलाडी घरेलु राष्ट्रिय प्रतियोगिता खेल्नबाट बञ्चित नहुन भनेर राखेपले आफ्नो च्याम्पियनसिप गर्ने भएको हो । राखेपका अनुसार यो प्रतियोगिता यहि भदौमा गर्ने योजना बनाएको छ ।

यसअघि तत्कालिन सदस्यसचिव युवराज लामाको पालामा लुम्बिनी च्याम्पियनसिपको नामबाट हरेक बर्ष राष्ट्रिय प्रतियोगिता गर्ने बताइएपनि निरन्तरता पाउन सकेको थिएन । अब राखेपले फेरी आफ्नै नाममा प्रतियोगिता गर्ने घोषणा त गरेको छ तर यसले कतिको निरन्तरता पाउने हो त्यो भने हेर्न बाँकी छ ।

तर यो प्रतियोगिता नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद सागको अन्तिम छनोटका माध्यममा रुपमा पनि लिइएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएका खेलाडीले मात्र यो प्रतियोगितामा खेल्न पाउने छन ।

Post Add 1025X115
Loading...