सावित्राकाे भारतीय महिला लिगमा अर्काे ह्याट्रिक (भिडियाे रिपाेर्ट)

0

पहिलो खेलमा ह्याट्रिक सहित चार गोल गरेकी सावित्राले दोस्रो र तेस्रो खेलमा एक एक गोल गरेकी थिइन् । तेस्रो खेलमा नेपालकै अनिता बस्नेतलाई रिप्लेस गर्दै मैदान छिरेकी सावित्राले त्यसमा पनि एक गोल गर्न सफल भइन् । आइतबार कोलापुर सिटीसँगको खेलमा सावित्राले ह्याट्रिक गर्न सफल भइन् । जारी प्रतियोगितामा सावित्राको दोस्रो ह्याट्रिक पनि हो । सावित्रा र रतनबालाको ह्याट्रिकको मद्दतले सेथुले कोलापुरमाथि ९–० को फराकिलो जित निकाल्न सफल भयो । पहिलो हाफमा ५ गोल गरेको सेथुले दोस्रो हाफमा ४ गोल थप्यो ।

 

Post Add 1025X115
Loading...