एक घण्टा १५ मिनेटकाे यात्रामा ३ घण्टा लागेपछि त्रसित बनेका सन्दिपकाे अनुभव (भिडियाे)

0

आइपीएलमा ६ खेलमा ८ विकेट लिएका सन्दिप लामो समयको अन्तरालपछि स्वदेश फर्किएका छन । नयाँ दिल्लीबाट काठमाडौं फर्किदा सन्दिपले अहिलेसम्म कै त्रसिद यात्रा गर्न बाध्य भए । आइतबार दिउसो साढे दुई बजे एयर इन्डिया विमानबाट काठमाडौं ओर्लने समय रहेको थियो । हुन पनि प्लेन सोहि समयमा विमानस्थल नजिक पुगेको थियो । तर अचानल कन्ट्रोल टावरले ल्यान्डिङका लागि अनुमती नदिएपछि रनवेको माथिबाट नै विमान आकाशिन पुग्यो ।

त्यसपछि एयर इन्डियाको विमान झण्डै एक घण्टा ४५ मिनेट आकाशमा होल्ड भयो । त्यहि विचमा मौसम पनि अचानक परिवर्तन भयो र हावासँगै पानी पनि पर्यो । विमानस्थल नजिकै पुगेर पनि आकाशिएको विमान भित्र थिए, नेपाली क्रिकेट सन्दिप लामिछाने ।

काठमाडौं पुगियो भनेर ढुक्क भएका सन्दिपसँग अरु यात्रु विमान झन माथि गएपछि त्यसै त डराए । त्यसमा पनि आकाशमा मौसम खराव हुँदा हल्लिनु, १२ फन्का आकाशमा लगाउदापनि ल्यान्डिङ नहुनुले झन पिडा भयो ।

काठमाडौंमा ओर्लिएपछि एक घण्टा १५ मिनेटको यात्रा झण्डै तीन घण्टा लागेपछि सन्दिपले विमान भित्रको अनुभव यसरी सुनाए ।

 

Post Add 1025X115
Loading...