गण्डकी प्रदेशले जित्याे पुरूष राष्ट्रिय भलिबलकाे उपाधि

0

गण्डकी प्रदेश टिमले इलाममा सम्पन्न प्रथम इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगिताको उपाधी जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा झापा विर्तामोडको विमान ट्रेडर्स भलिवल टिमलाई सोझो सेटमा पराजित गर्दै उपाधी उचालेको हो । भारतीय खेलाडीले भरिएको विर्तामोडलाई सस्तैमा समेट्ने क्रममा गण्डकीले २५–१७, २५–१३ र २५– २१ को जित निकाल्यो ।

विजेता गण्डकीले १ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्यो भने उप विजेता विर्तामोडले ८१ हजारमा चित्त बुझायो । प्रतियोगितामा म्यान अफ दि टुर्नामेण्ट गण्डकीका हरि पाण्डे घोषित भए ।

फाइनल खेलका म्यान अफ दि म्याचको पुरस्कार विर्तामोडका राजिव तमोरले जिते । जिल्ला भलिवल संघको आयोजनामा मंसिर २६ गते सुरु भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता थियो ।

Post Add 1025X115
Loading...