महिला तथा पुरूष राष्ट्रिय विच भलिबल जेठकाे तेस्राे साता पाेखरामा

0

नेपाल भलिबल संघको आयोजना जेठ २३ देखि २५ गतेसम्म महिला तथा पुरुष विच भलिबल प्रतियोगिता हुने भएको छ ।

नेपाल भलिबल संघको बार्षिक कार्यक्रम अनुसार जेठको अन्तिम साता यो प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला भलिबल संघको ब्यवस्थापनमा हुने प्रतियोगिता पोखरामा हुने भएको छ ।

प्रतियोगितामा सात प्रदेशबाट महिला र पुरुषको गरि दुई दुई टिम र विभागिए टिमबाट पनि दुई दुई महिला पुरुष टिम गरेर कुल २० पुरुष र २० महिला टिमको सहभागिता हुनेछ ।

प्रतियोगितामा शिर्ष तीन स्थान हासिल गर्ने टिमलाई अन्तराष्ट्रिय विच भलिबल र २०१९ को डिसेम्बरमा नेपालमा हुने दक्षिण एशियाली खेलकुद सागका लागि छनोट गरिनेछ ।

यो प्रतियोगिताका लागि २२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने प्रतियोगिताको विजेताले दुबै विधामा ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ पाउनेछन ।

Post Add 1025X115
Loading...