नाडाल मड्रिड ओपनबाट बाहिरीदा जाेकाेभिच फाइनलमा

0

राफेल नाडाल मड्रिड ओपन टेनिसको सेमीफाइनलबाट बाहिरिएका छन । नाडाल सेफानोज चिचिपाससँग तीन सेटमा स्तब्ध भए ।

छैटौ उपाधी जित्ने लक्ष्यमा रहेका  नाडाल सेमीफाइनलकाे पहिलाे सेटमा २० बर्षिय ग्रिक खेलाडी चिचिपाससँग  ६–४ ले हार्न पुगे । दोस्रो सेटमा खेलमा फर्किएका नाडालले ६–२ ले जिते । तर तेस्रो तथा निर्णायक सेटमा चिचिपास ६–३ ले विजयी भए । जसका कारण चिचिपासले फाइनलमा स्थान सुरक्षित गरे ।

उनले जारी सिजन क्ले कोर्टमा बेहोरेको यो लगातार तेस्रो हार हो । यसअघि नाडाल मोन्टे कार्लोमा फाबियो फोनीनी र बार्सीलोना ओपनमा डोमिनिक थिम संग पराजित भएका थिए । अस्ट्रेलियन ओपनमा रोजर फेडेररलाइ पराजित गरेका चिचिपासले उपाधीका लागि अब विश्व नम्बर एक नोभाक जोकोभिच संग खेल्दैछ ।

Post Add 1025X115
Loading...