मड्रिड ओपन टेनिसले पायाे नयाँ महिला च्याम्पियन

0

मड्रिड ओपन टेनिसको पहिला तर्फको उपाधि नेदरल्याण्ड्सकी कीकी बेरटेन्सले जितेकी छिन । फाइनलमा सिमोना हलेपलाई हराउँदै कीकीले करियरको पहिलो ठुलो उपाधि उचाल्न सफल भइन ।

गएराति मड्रिडमा भएको फाइनलमा कीकीले हलेपलाई छ चार र छ चारको सोझो सेटमा पराजित गरिन । यो हारले हलेपलाई विश्व बरियताको शिर्ष स्थानमा उक्लने मौका गुमेको छ ।

फाइनल जितेको भए उनले हालकी विश्व नम्वर एक नाओमी ओसाकालाई पछि पार्दै शिर्ष स्थानमा उक्लने थिइन । तर उनी पराजित हुदाँ फाइदा ओसाकालाई भएको छ । ओसाका यसअघि नै प्रतियोगिताबाट बाहिरीसकेकी छिन ।

उपाधिसँगै कीकी सोमबार सार्वजनिक हुने नयाँ बरियतामा चौथो स्थानमा उक्लनेछिन । यो डच महिला खेलाडीको अहिलेसम्म कै उच्च बरियता हुनेछ । साथै उनी मड्रिड ओपनको फाइनलमा एक सेटपनि नगुमाइ उपाधि जित्ने पहिलो महिला खेलाडी पनि बनेकी छिन ।

Post Add 1025X115
Loading...