७ वटा टेष्ट राष्ट्र पछि पारेकाे नेपालकाे अनाैठाे तथ्याङ्क

0

एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले एउटा रेकर्डमा टेष्ट राष्ट्रलाइ पनि पछि पारेकाे छ । एकदिवसीय क्रिकेटमा जित निकाल्ने २० राष्ट्रको प्रतिशतको सूचीमा नेपाल छैटौं स्थानमा रहन सफल भएको छ । जसमा नेपालले ७ देशलाइ पछि पारेकाे छ । जसमा इ‌ग्ल्याण्ड, न्यूजिल्याण्ड वेष्टइन्डिज श्रीलङ्का र आयरल्याण्डलाइ पछि पारेकाे छ ।

अन्तराष्ट्रिय क्रिकेट तथ्याङ्क हावस्ट्याटकाे रेकर्डमा नेपालले प्रतिशतका आधारमा ७ वटा टेष्ट देशलाइ पछि पारेकाे हाे । नेपालभन्दा पछाडी बंगलादेश, केन्या, युएई, इङल्याण्ड, वेष्ट इण्डिज, श्रीलंका, न्युजिलाण्ड, आयरल्याण्ड, पीएनजी, नेदरल्याण्ड, स्कटल्याण्ड, हङकङ, जिम्बाबे र क्यानाडा रहेका छन् ।

नेपालले ६ खेलमा तीनमा जित र तीनमा हारका साथ ५० प्रतिशत पाएकाे छ । कम खेल खेलेकाे भएकाले पनि नेपाल छैटाै स्थानमा रहेकाे छ । नेपाल भन्दा धेरै खेल खेलकाले पनि अरु देशहरु पछि परेका छन । प्रतिशतको आधारमा जित निकाल्ने राष्ट्रको सूचिको शीर्षमा दक्षिण अफ्रिका रहेको छ ।

यस्ताे छ ग्राफ

source: howstats

 

 

Post Add 1025X115
Loading...