इलाम पुरूष भलिबलकाे उपाधिका लागि गण्डी प्रदेश र बिमान ट्रेडर्स भिड्ने

0

इलाममा जारी इलाम आमन्त्रित पुरुष नकआउट भलिवल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र झापाको विर्तामोडस्थित बिमान ट्रेडर्स भिड्ने भएका छन ।

आज भएको पहिलो सेमिफाइनलमा गण्डकीले जिल्ला भलिवल संघ ताप्लेजुङलाई २५–१६, २५–१७, २० –२५ र २५–१९ ले पराजित गरेको हो ।

दोस्रो सेमिफाइनलमा झापा विर्तामोडको विमान ट्रेडर्स विर्तामोडले इलाम वरवोटेको नवचेतना भलिवल क्लवलाई २०–२५, २५–१७, २५–२२ र २५–२१ अन्तरमा फाइनलको यात्रा तय गर्यो । प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार र उप विजेताले ८१ हजार रुपैयाँ जित्नेछन् । फाइनल खेल भोली हुनेछ ।

Post Add 1025X115
Loading...