क्योकुशिन करातेमा गोपाललाई स्वर्ण

0

प्रथम सो–क्योकुशिन कराते प्रतियोगिताको पुरुष खुल्ला तर्फको स्वर्ण पदक गोपाल महर्जनले जितेका छन् । महिला खुल्लातर्फ शिभानी श्रेष्ठ च्याम्पियन बनिन् ।

सातदोबाटोमा भएको प्रतियोगिताको खुल्लातर्फ स्वर्ण जित्नका लागि गोपालले दल बहादुर घलेलाई हराएका थिए । महिला खुल्ला तर्फको स्वर्ण जित्ने क्रममा शिभानीले सविना श्रेष्ठलाई पराजित गरिन् । पुरुषको जुनियर २५ केजीको स्वर्ण पदक अमृत नगरकोटीले जिते भने ३० केजीमा दावा तामाङ उत्कृष्ट बने ।

यस्तै ३५ केजीमा विशाल तामाङ, ४० केजीमा राजकुमार ठोकर, ५० केजीमा सरोज खत्री र ६० केजीमा शतल लामा पहिलो भए । महिला तर्फ ३५ केजीमा सलोनी नगरकोटी र ५० केजीमा दिपा शाहीले स्वर्ण पदक जिते ।

Post Add 1025X115
Loading...