बद्रिलालले जिते चेसकाे उपाधि

0

नुवाकोट खुल्ला फिडे रेटिङ्ग रेपिड चेस टुर्नामेन्टको उपाधि पूर्व नेपाल च्याम्पियन बद्रिलाल नेपालीले जितेका छन् । स्वीस लिग ७ चरणको खेलमा उनले ६ अंक हासिल गरेका थिए । उपाधिसंगै बद्रिले नगद १५ हजार हात पारे । त्यस्तै समान साढे पाँच अंक भए पनि प्रागे्रसिभ टाइब्रेकमा निबर्तमान नेपाल च्याम्पियन मदनकृष्ण कायस्थ दोश्रा र काठमाण्डौ चेस क्लबका राजेन्द्र बज्राचार्य तेश्रा भए । उनीहरुले क्रमशः नगद १० हजार र ७ हजार प्राप्त गरे ।

विदुर नगरपालिकाको प्रायोजनमा नुवाकोट जिल्ला बुद्धिचाल संघद्धारा जिल्लामै पहिलापटक आयोजित प्रतियोगितामा ललितपुरका हेराकाजी महर्जन चौथौं, दमकका प्रकाश नेपाल पाँचौं, पूर्व नेपाल च्याम्पियन सुरवीर लामा छैटौं, झापाका सुश्रुत दाहालं सातौं, पूर्व नेपाल च्याम्पियन नविन तण्डुकार आठौं, काठमाण्डौका मोहनसिंह प्रधान नवौं र भगवति प्रसाद शर्मा दशौं भै नगद पुरस्कार जित्न सफल रहे ।

त्यस्तै स्थानीयतर्फ त्रिशुलीका प्रकाश जोशी, भेट्रानमा अमजद आलम, यु १६ मा मिशन युवा क्लब टोखाका निशान बजगाईं र अनरेटेडतर्फ काठमाण्डौंका नकुल बुढाथोकी उत्कृष्ठ भए ।

प्रतियोगिताका विजयी तथा सहभागी खेलाडीहरुलाई आयोजक संघका अध्यक्ष अमजद आलमको सभापतित्वमा एक कार्यक्रममा प्रमुख अतिथि विदुर नपाका मेयर सन्जु पण्डित, फिडे इथिक्स कमिसन सदस्य राजेशहरि जोशी, जिखेविस नुवाकोटका अध्यक्ष बद्रि प्रधानलगायतले ट्रफि, नगद तथा प्रमाण पत्र प्रदान गर्नु भयो । दुई दिने प्रतियोगितामा चारजना नेपाल च्याम्पियन, २ जना क्यान्डिडेट मास्टरसहित ८ जिल्ला र ३ विभागबाट ३७ जना खेलाडीहरु सहभागी थिए भने कुल नगद पुरस्कार ६० हजार रहेको प्रतियोगिताका संयोजक तथा आयोजक संघका उपाध्यक्ष श्यामकुमार केसीले बताउनु भयो ।

Post Add 1025X115
Loading...