आइपीएलकाे इमर्जिङ खेलाडी सन्दीप बन्ने स‌म्भावना बलियाे

0

नेपाली युवा बलर सन्दिप लामिछाने इन्डियन प्रिमिय लिग आइपीएलको इमर्जिङ खेलाडीमा भोटिङका आधारमा शिर्ष स्थानमा नै रहेका छन ।

आइपीएलको फाइनल खेल मात्र बाँकि रहेका बेला सन्दिप ३१ प्रतिशत मत प्राप्त गरेर शिष स्थानमा छन । उनका निकटम प्रतिद्धन्द्धी राहुल चाहरको १३ प्रतिशत छ भने माहम्मद सिराजको ११ प्रतिशत छ । आइपीएलको ६ खेलमा ८ विकेट लिएका सन्दिप भोटीङका आधारमा शीर्ष स्थानमा रहेपछि अब कमेन्टेटरको रोजाईमा पर्नु निकै आवश्यक छ ।

इमर्जिङ खेलाडीका लागि पब्लिकको भोट र कमेन्टेटरको रोजाईमा पर्नुपर्छ । भोटिङलाई आधार मान्ने हो भने सन्दिपले यो अवार्ड जित्ने निश्चित जस्तै छ । तर अब कमेन्टेटरले कसलाई रोज्ने हुन त्यो भने फाइनलका दिन बाँकि छ ।

Post Add 1025X115
Loading...