आइपीएलकाे दाेस्राे सिजनमा सन्दीपकाे समग्र प्रदर्शन-भिडियाे रिपाेर्ट

0

इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले चेन्नेइसँग हारेपछि नेपाली बलर सन्दिप लामिछानेको यो सिजनको आइपीएल सकिएको छ । विश्वका शिर्ष फ्रेन्चाइज लिग खेलेका सन्दिप यो सिजनको आइपीएल खेल्न जानु अगाडी धेरैले विभिन्न तरिकाले औल्याएका थिए । कतिले यो सिजनमा सन्दिपले पुरै खेल खेल्छन, कतिले सुरुवातामा खेल्छन की खेल्दैनन्, जस्ता कौतुहल बनाएका थिए । अन्नत सन्दिप नयाँ जोस र उत्साहका साथै तीन करोड नेपालीको आशाका साथ भारत पुगे ।

अघिल्लो संस्करणमा अन्तिम तीन खेलमा ५ विकेट लिएर सनसनि मच्चाएका सन्दिपलाई आइपीएलमा जानु अगाडी नै दिल्लीले आफ्नो सोसियल साइटमा छुट्टै किसिमको माहोल बनाएको थियो । यस्तै दिल्ली पुगेका सन्दिप सुरुवाती दुई खेलमा टिममा परेनन् । तर कोलकाता विरुद्धको खेलमा टिममा परेका सन्दिपले पहिलो खेलमा नै विकेट लिन सफल भए । उनले निखिल नायकलाई पेभेलियनको बाटो देखाउदा सो खेलमा उनले चार ओभरमा २९ रन दिएर एक विकेट लिए ।


दोस्रो सिजनमा आफ्नो पहिलो खेलमा नै विकेट लिएपछि सन्दिपलाई दिल्लीले पञ्जाव विरुद्ध पनि टिममा राख्यो । सो खेलमा उनले पहिलो खेलको भन्दा झन उत्कृष्ट बलिङ गरे । सो खेलमा साम कुरान र सरफराज खानको विकेट लिए । जसमा सन्दिपले चार ओभरमा २७ रन दिएर दुई महत्वपुर्ण विकेट लिए । यो खेल पछि सन्दिपको चर्चा झन बढ्यो ।

दुई खेलमा प्रभावशाली बलिङ गरेपछि दिल्लीले सनराइजर्स हैदरावाद विरुद्ध सुरुवाती बलिङको जिम्मा दियो । अनुभवी र विस्फोटक ब्याट्सम्यानको अगाडी सन्दिपले पहिलो ओभरमा कसिलो बलिङ गरेपनि विचमा केहि पिटाई खाए । तर सो खेलमा उनले चार ओभरमा ३२ रन दिएर एक विकेट लिए । जसमा उनले दिपक हुडाको विकेट हात पारे ।

लगातार तीन खेलमा विकेट लिएका सन्दिपमा दिल्लीले पनि पुरा भरोसा गर्न थालेको थियो । युवा र गुगली मास्टर सन्दिपलाई दिल्लीले लगातार चौथो खेलमा पनि टिममा खेल्ने मौका दियो । विश्वका उत्कृष्ट ब्याट्सम्यान विराट कोहली, एवी डिभिलियर्स जस्ता खेलाडीको अगाडी युवा बलरलाई बलिङ गर्नु निकै ठुलो चुनौती हो । सो खेल सन्दिप निकै महंगो सावित भए । एकै ओभरमा २१ रन खाएका सन्दिपले मोयन अलीको विकेट त लिए तर चार ओभरमा ४६ रन खर्चिन पुगे ।

आफ्नो चौथो खेलमा मंहगो भएपछि उनलाई लगातार तीन खेलमा बेन्चमा राखियो । कारण प्रशिक्षक रिकी पोन्टिङले मैदानको पिचको अवस्था हेरेर टिम तयार पारे । जसमा उनी भन्दा अनुभवी क्रिस मोरीसले सन्दिपलाई रिप्लेस गरे ।

तर पञ्जाव विरुद्ध घरेलु मैदानमा भएको खेलमा दिल्लीले सन्दिपलाई फेरी मौका दियो । सो खेलमा सन्दिपलाई प्रमाणित गर्नुपर्ने थियो । हुन पनि त्यहि भयो । कमब्याक खेलमा सन्दिपले पञ्जावमा तीन महत्वपुर्ण विकेट लिए । सुरुवाती ओभरमा नै बलिङमा आएका सन्दिपले दुबै ओपनर लोकेश राहुल र क्रिस गेललाई पेभेलियनको बाटो देखाए भने त्यसपछि साम कुरानलाई पनि आउट गरे । कमब्याक खेलमा सन्दिपले चार ओभरमा ४० रन खर्चिदा तीन विकेट हात पारे ।

त्यसपछि राजस्थान विरुद्धको खेलमा सन्दिपलाई बेन्चमा राखियो । तर अर्को खेलमा दिल्लीले रोयल च्यालेञ्जर्स बैंग्लोर विरुद्धको खेलमा सन्दिपलाई फेरी मौका दियो । तर सो खेलमा सन्दिप पुर्ण रुपमा फ्लप भए । आइपीएलमा पहिलो पटक सन्दिपले पुरै चार ओभर बलिङ गर्न पाएनन् भने तीन ओभरमा ३० रन खर्चिए । त्यसपछि सन्दिपले टिममा स्थान बनाउन कठिन नै बन्यो । कारण थियो, अर्का युवा बलर किमो पउलले पछिल्लो पटक दिल्लीको टिममा राम्रो गर्दै गरेको र क्रिस मोरीसले पनि राम्रो गरेकाले सन्दिप त्यसपछि लगातार रुपमा बेन्चमा बस्नुपर्यो ।

त्यसपछि दिल्लीले खेलेको हरेक खेलमा सन्दिप पर्छन की पर्दैनन् भनेर हरेक नेपाली क्रिकेट प्रेमीको चासो हुन्थ्यो । तर त्यसपछि उनलाई दिल्लीले टिममा मौका दिएन । अन्तिममा चेन्नेइसँगको हारसँगै पहिलो पटक प्लेअफमा पुगेको दिल्लीको यो सिजनको आइपीएल यात्रा समाप्त भयो । यसका साथै नेपाली बलर सन्दिपको यो सिजनको यात्रा पनि समाप्त भएको छ ।

ओभरअलमा सन्दिपले यो सिजन जतिपनि खेलमा मौका पाए, त्यसमा आफुलाई प्रमाणित नै गरे । तर केहि खेलमा उनले टिमले चाहेको अनुसार बलिङ गर्न भने सकेनन् । अब सन्दिपको यात्रा फेरी पनि अरु फ्रेन्चाइजी लिगमा जारी नै रहनेछ । तर तत्कालका लागि भने उनी नेपाल फर्किनेछन ।

Post Add 1025X115
Loading...