बर्टेन्स मड्रिड ओपन टेनिसको सेमिफाइनलमा

0

डच खेलाडी किकी बर्टेन्स मड्रिड ओपन टेनिसको सेमिफाइनलमा पुगेकी छिन् ।

दोस्रो वरियताकी पेट्रा भिटोभालाई २–० को सोझो सेटमा हराउँदै सातौं वरियताकी बर्टेन्सले अन्तिम चारको यात्रा तय गरिन् । मड्रिडको क्ले कोर्टमा भएको क्वार्टर फाइनलमा भिटोभाको पाँच वटा ब्रेक पोइन्ट खोस्न सफल भइन् । भिटोभाको चुनौति बर्टेन्सले ६–२ र ६–३ ले पन्छाएकी थिइन् ।

अब सेमिफाइनलमा बर्टेन्सले आठौं वरियताकी अमेरिकी खेलाडी स्लोइन स्टेफेन्ससँग प्रतिष्पर्धा गर्नेछिन् । स्टेफेन्सले क्वार्टर फाइनलमा क्रोएसियाकी पेट्रा मार्टिचलाई ६–४ र ६–३ ले हराएकी थिइन् ।

Post Add 1025X115
Loading...