रेस्लिङकाे विडम्बना खल्तिबाट खर्च गरेर प्रतियाेगिता गर्नुपर्ने -भिडियाे अन्तर्वार्ता

0

नेपाल रिङ रेस्लिङ सुरु भएको धेरै समय भएको छैन । साथिभाईको कुराकानीमा नयाँ खेलकुदलाई नेपालमा भित्र्याउ उत्साहका साथ यो संघ नेपालमा दर्ता गरियो ।

तर सोचेको जस्तो यो खेलले नेपालमा ब्यवसायीकता पाउन सकेन । कारण यो खेलमा प्रायोजक ल्याउन पनि कठिन, त्यसमा पनि नेपालमा रेस्लिङ प्रतिको हेर्ने दृष्टिकोणपनि फरक रहेकाले अहिलेपनि यो खेल स्थापना हुने क्रममा नै रहेको छ ।

कुनैपनि प्रतियोगिताका लागि खल्तिबाट नै पैशा खर्च गर्नुपर्ने भएकाले पनि यो खेलका पदाधिकारीलाई केहि कठिन हुन थालेको छ । राष्ट्रिय खेलकुद परिषद्ले यो संघलाई बार्षिक एक लाख अनुदान दिनेगरेको छ ।

जवकी एउटा राष्ट्रिय प्रतियोगिता हुँदा १२ देखि १५ लाख र अन्तराष्ट्रिय प्रतियोगिता गर्न ४० देखि ४५ लाख रुपैया खर्च हुन्छ । जसको अहिलेसम्म प्राय खर्च खल्तिबाट हाल्दै आएका छन यो खेलका पदाधिकारी ।

यो खेललाई नेपालमा स्थापना गर्नेमा एक हुन सुवर्ण श्रेष्ठ । ब्यवसायीक ब्यक्तित्व भए पनि खेलकुदमा आफ्नो रहरलाई मेटाउन रेस्लिङमा लागेकी सुवर्णसँग नेप्लेजले गरेको कुराकानी ।

 

तपाई रेस्लिङमा हुनुहुन्छ, यो त हाइटमा पनि छैन, तपाई कसरी रेस्लिङमा आउनु भयो ?

रेस्लिङ नेपालमा भन्दा अन्तर्राष्ट्रियस्तरमा यसको माहोल राम्रो छ । विश्वव्यापी रुपमा रेस्लिङ लोकप्रिय नै छ । यो मनोरञ्जनात्मक खेल पनि भएकाले यसका फ्यानहरु धेरै छन् । नेपालमा हामीले रेस्लिङ शुरु गर्नभन्दा पहिला पनि थियो । त्यतिबेला नगन्यमात्रामा प्रतियोगिताहरु आयोजना हुने गर्थे । त्यति प्रोफेशनल पनि थिएनन् । त्यसैले हामीले नेपाललाई खेलकूदकै माध्यमबाट विश्वव्यापीरुपमा चिनाउन र खेलाडीलाई पनि आत्मनिर्भर बनाउन सकिन्छ भनेर यसमा लागेकी हुँ ।

तपाई कसरी रेस्लिङमा आउनु भयो ?

सुरुमा म कराँते खेलाडी हो । त्यसपछि आफ्नै व्यवसायमा व्यस्त भए । पछि रेस्लिङमा सक्रिय साथीहरुसँग भेट भयो । सुरुमा साथीहरुले एकदमै लागेर यो गेम स्टार्ट गरेका थियौं । त्यतिबेला सुरुमै हामीले संघ स्थापना गरेका थियौं । त्यस लगत्तै हामीले अन्तर्राष्ट्रिय च्याम्पियनसिप गरेका थियौं । उक्त कार्यक्रममा प्रधानमान्त्री आफै आउनु भयो ।

यसले हामीलाई झनै उर्जा थपियो । जसले गर्दा हामीले हरेक वर्ष अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरु गर्दै आयौं । त्यसैगरी रेस्लरहरुलाई प्रोफेशनल ट्रेनिङहरु दिनु पर्छ भनेर एकेडेमी पनि सञ्चालन गरेका थियौं । लैनचौरमा रहेको एकेडेमीमा नयाँ रेस्लर भाईवहिनीहरुलाई सहयोग गर्दै आएका छौं । हाम्रो एकेडेमीमा नेपाली रेस्लरहरुमात्रै होइन की विदेशबाट पनि ल्याएर ट्रेनिङ दिन्छौं । अहिले हामीले उत्पादन गरेका रेस्लरहरु संसारको कुनै पनि ठाउँमा गएर खेल्न सक्छ ।

नेपालमा खेलकूदमा लाग्न त गाह्रो छ नी ?

हो, गाह्रो एकदमै छ । हामीलाई संघ स्थापना गर्नकै लागि पनि २ वर्ष पर्खनु परेको थियो । नेपालमा खेलकूदका लागि त्यतिधेरै बजेट नै छैन । बजेट छुट्याइए पनि पाउन निकै गाह्रो छ । नेपालका कुनै पनि खेलाडीहरु ढुक्क भएर खेलेर मात्रै जीवन चल्छ भन्नेमा छैनन् ।

रेस्लिङ खेललाई अघि बढाउनका लागि हामीले नै पकेटबाट पैसा उठाएर काम गर्नु पर्ने अवस्था छ । हामीले स्पोनरससिपका कुराहरौं गर्यौं भने हाम्रो कुराको सुनुवाई हुन अप्ठेरो पर्छ । खेल क्षेत्रमा विस्तारै विस्तारै लगानी आइ रहे पनि सबैले बलेको आगो मात्रै ताप्छन् । हामीले सहयोगी संस्थाहरुसँग मिलेर अहिलेसम्म काम गर्दै आएका छौं ।

हरेकवर्ष पकेटबाट खर्च गरेर प्रतियोगिता गराउन सकिएला त ?

गाह्रो त छ । यस्तै अवस्था रहि रहे एक दिन हामीले पनि छाड्नु पर्ने अवस्था आउन सक्छ । अहिले हामीले प्रतियोगिता शुरु गर्दा पोजेटिभ भाइभहरु पाइ राखेका छौं । पव्लिकमा पनि यसको क्रेज बढ्दो छ । यसबाट हामी आशावादी पनि छौं ।

एक पटक रेस्लिङ आयोजना गर्न कति खर्च लाग्छ ?

राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्नका लागि १० देखि १२ लाख रुपैयाँसम्म खर्च हुन्छ । अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्नका लागि ४० देखि ४५ लाखरुपैयाँ सम्म खर्च हुन्छ । विदेशी रेस्लरहरु ल्याउँदा सबै खर्च हामीले तिर्नु पर्ने भएकाले अन्तर्राष्ट्रिय प्रतियोगिता महँगो भएको हो । यस्तै नेपाली रेस्लरहरु पनि सबै काठमाडौंको मात्रै हुँदैनन् ।

हरेक वर्ष यत्रो बजेट पेकटबाटै हो त ?

अहिलेसम्म हामीले पकेटबाटै खर्च गरिरहेका छौं । गएको राष्ट्रिय च्याम्पियनसिपमा हामीले राष्ट्रिय खेलकूद परिषदबाट पायौं । त्यसभन्दा अगाडि अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दा पर्यटन बोर्डले सहयोग गरेको थियो । यसपटक पनि उहाँहरुले सहयोग गर्नुहुन्छ भन्ने आशा छ ।

खेलकूद छाडेर विजनेसमा मात्रै लागौं जस्तो लाग्दैन ?

आफूलाई इच्छा लागेको चिज गर्दाखेरि आफूलाई मजा आउने रहिछ । खर्च भएपनि यो गेम एकदमै रमाईलो छ । आफूले खेलकूदमा केही लगानी गर्दा देशका लागि केही योगदान गरिरहेको जस्तो हुन्छ ।

म पर्यटन व्यवसायमा रहेकाले केही खेलाडीहरु यहाँ आउँदा नेपालको बारेमा जानकारी लिन्छन्, हाम्रा खेलाडी विदेश जाँदा त्यताको बारेमा जानकारी लिन्छन् जसले गर्दा पयर्टन प्रवद्र्धनमा पनि सहयोग पुग्दै आएको छ ।खेलकूदमा मेरो लगानी नाफाका लागि भन्दा पनि मेरो आत्मसन्तुष्टिका लागि गरिरहेको छु ।

नेपालमा रेस्लिङ किन व्यवस्थित नभएको ?

नेपालमा रिङ रेस्लिङ भनेर दर्ता भएको हाम्रो मात्रै संघ हो । राखेपमा कुस्ती संघ भनेर अर्को पनि दर्ता छ । कुस्ती पुरानो स्टाइलमा खेलिन्छ । हाम्रो भनेको रिङमा खेलिन्छ । रिङमा मात्रै खेलिने भएकाले यसको नाम रिङ रेस्लिङ राखिएको हो । व्यवसायिकरुपमा अघि बढ्न अझै गाह्रो छ ?

नेपालमा गाह्रो नै छ । यसलाई टिकाइरहन झनै चुनौती पनि छ । एक जना खेलाडीलाई ट्रेनिङसँग सँगै डाइटको पनि व्यवस्था मिलाउन पर्छ ।

 

Post Add 1025X115
Loading...