राष्ट्रिय रिङ रेस्लिङ शनिबार

0

काठमाडौं, २७ वैशाख । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आगामी शनिबार राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिप हुने भएको छ ।
लैनचौरस्थित टिटी हलमा हुने च्याम्पियनसिपको विजेताले ७० हजार नगर पुरस्कार प्राप्त गर्ने संघकी अध्यक्ष सुनिता थापाले बताइन् ।
दोस्रो हुने २० हजार र तेस्रो हुने खेलाडीले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा हार्डकोर म्याच सर्वाधिक आकर्षण हुने थापाले बताइन् ।

फाइनल पुग्ने खेलाडीबीच हार्डकोर म्याच हुनेछ । त्यसैगरी, ट्रिपल थ्रिड, सिंगल थ्रिड, ट्रयाग टिमलगायतका म्याच पनि हुनेछ ।
प्रतियोगितामा अन्तर्रा्ष्ट्रिय रेस्लिङ खेलाडी नुवाकोटे टाइगर, दि युग, डेविट, डाकुर, सानु, रावल, एक्स हिरो, टुप्पी ग्याङ, चटानलगायतको सहभागिता रहने छ जनाएको छ ।  त्यसैगरी, महिलातर्फ विलाशा, डेनिका र सोफीले प्रतिस्पर्धा गर्नेछन् । खेलहरु शनिवार दिउँसो ३ देखि बेलुका ६ सम्म हुनेछ। खेलहरु डिस मिडियाको एक्सन स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुने आयोजकले जनाएको छ ।

Post Add 1025X115
Loading...