ओसाका मड्रिड ओपनबाट बाहिर, फेडरर क्वाटरफाइनलमा

0

पूर्व विश्व नम्वर एक नाओमी ओसाका मड्रिड ओपन टेनिसको क्वाटरफाइनलबाट बाहिरीएकी छिन । गएराति भएको खेलमा बेलिन्डा बेनकीकसँग दुई एकको सेटमा पराजित हुँदै ओसाका प्रतियोगिताबाट बाहिरीइन ।

कम उमेरमा नै ग्राण्स्लामको उपाधि जितेर शिर्ष बरियतामा पुगेकी ओसाका बेलिन्डासँग तीन छ, छ दुई र सात पाँचको सेटमा पराजित भइन । हारपछि ओसाकाले आफ्नो शिर्ष स्थान हासिल गर्न धेरै ध्यान रहेकाले पराजित भएको बताइन ।

अब यो प्रतियोगिताको उपाधि यदि सिमोना हलेपले जितेमा उनी महिला टेनिस बरियताको शिर्ष स्थानमा पुग्नेछिन । ओसाकाले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेपछि विश्व बरियताको शिर्ष स्थानमा पुगेकी थिइन ।

फेडरर क्वाटरफाइनलमा

यता पुरुष तर्फ भने रोजर फेडररले क्वाटरफाइनलमा स्थान बनाएका छन । उनले गिल मोनफिल्सलाई तीन शुन्यको सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाए । जसमा फेडररले ६–०,४–६ र ७–६ को सेटमा हराए । अब फेडररले पाँचौ बरियताका डोमिनीच थियमसँग खेल्नेछन ।

Post Add 1025X115
Loading...