१३ औं सागका लागि प्राविधिक समिति गठन, खेलाडीको जिम्मा राखेपलाई

0

राष्ट्रिय खेलकूद परिषद्लाई नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एशियाली खेलकुद सागका लागि खेलाडी छनोट गर्ने जिम्मा दिइएको छ ।

सागको तयारी तथा व्यवस्थापन समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले आठौं राष्ट्रिय खेलकूदमा पदक जितेका खेलाडीहरुबाट राष्ट्रिय टिम बनाउने गरि जिम्मा दिइएको जनाइएको छ । १३ औं साग गत वर्ष नै आयोजना हुनु पर्नेमा पूर्वाधार समयमै तयार नभए पछि यस वर्षको मंसिर १५ देखि २४सम्म आयोजना गर्ने गरि २ महिना अघि थाईल्याण्डमा बसेको बैठकले निर्णय गरेको थियो ।

उक्त बैठकमा राखेपका उपाध्यक्ष पिताम्बर तिम्सेना सरकारले मंसिरमा प्रतियोगिता आयोजना गर्न तयार रहको प्रतिबद्धता पत्र सहित वैठकमा सहभागी भएका थिए । भारतमा सम्पन्न १२ औं सागको झण्डा नेपालले ग्रहण गर्दा २०१८ भित्र साग आयोजना गर्ने म्याण्डेट पाएको थियो ।

तर प्रतियोगिताको मुख्य उद्घाटनस्थल त्रिपुरेश्वरको दशरथ रंगशाला समयमै तयार नभएपछि प्रतियोगिताको मिति सार्नु परेको जनाइएको छ । काठमाडौं र पोखरामा आयोजना हुने प्रतियोगिताका लागि अहिले धमाधम पूर्वाधार निर्माणको काम भइरहेकाले सरकारले यसै वर्षको मंसिरमा प्रतियोगिता आयोजना गर्ने निर्णय समेत गरेको थियो । यसअघि सातदोबाटोमा सागको सचिवालय सञ्चालनमा ल्याए पनि आठौं राष्ट्रिय खेलकूद र विभिन्न कारणले गति लिन सकेको थिएन् ।

प्रदेश पाँचमा आयोजना भएको आठौं राष्ट्रिय खेलकूदका पदकधारी खेलाडीहरुलाई पहिलो प्राथमिकतामा राखेर नेपालले सागका लागि खेलाडी तयार पर्ने यसअघि नै जनाइसकेको छ । राखेपका सदस्य सचिव केशबकुमार विष्टले सागका लागि आठौंका पदकधारी खेलाडीहरुलाई बन्द प्रशिक्षणमा बोलाउने यसअघि नै बताएका थिए ।

विहीबार तयारी समितिको बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले १३ औं साग मुलुकको प्रतिष्ठासँग जोडिएकाले भव्यताका साथ सफल पार्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । वैठकमा उनले सरकारले नीति तथा कार्यक्रममै १३औं साग सम्पन्न गर्ने घोषणा गरेकाले ढुक्क भएर काम गर्न नेपाल ओलम्पिक कमिटी र राखेपलाई आग्रह गरे । बैठकले राखेप बोर्ड सदस्य गंगाबहादुर थापाको संयोजकतत्वमा प्रतियोगिताका लागि प्राविधिक समति गठन गरेको छ । यसैगरी वैठकले प्रतियोगितका लागि मस्कट पनि चाँडै सार्वजनिक गर्ने निर्णय गरेको जनाइएको छ ।

दुई तीन दिन भित्र १३औं सागको लाेगाे र मस्कट तयार गरेर सार्वजनिक गर्ने निर्णय भएको हो । यसैगरी सागका लागि खेलाडीको जिम्मा भने राखेपले नै पाएको छ । यस्तै सागकाे बजेट निर्धारणका लागि टास्कफाेर्स बनाइएकाे छ । सागमा सहभागिताका लागि सबै देशलाइ निम्ताे कसले पठाउने भन्ने जिम्मा पनि दिइएकाे छ ।

खेलाडीलाई बैदेशिक प्रशिक्षण लगाएतका व्यवस्था गर्ने जिम्मा राखेपले पाएको हो । यस्तै प्रतियोगितका लागि आर्थिक बर्ष २०७५–०७६ मा ५० कराेड विनियोजन भएकोमा आउँदो आर्थिक बर्षको बजेटमा पनि प्रतियोगिता सञ्चालनका लागि आवश्यक बजेट माग गर्ने निर्णय पनि गरिएको छ ।

सरकारको नीति तथा कार्यक्रममै सागको विषय परेकाले सरकारले पर्याप्त बजेट बिनियोजन गर्ने अपेक्षा गरिएको छ ।

 

Post Add 1025X115
Loading...